धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु


eShilalekh

२१ आश्विन २०८२, मंगलवार १३:०३

धनुषा: धनुषाको विदेह नगरपालिका २ दुहबीमा सोमबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय हरि पण्डित रहेका छन् ।

पण्डित जन्मदेखि अपाङ्ग थिए । राति सुत्ने क्रममा घरको मुख्य गेट बन्द गर्न खोज्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते भएका उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्थानीयहरूका अनुसार हरि पण्डित बालबालिकालाई ट्युशन पढाएर जीविका चलाउँदै आएका थिए ।

मृतकको शवको पोष्टमार्टम जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको छ । परीक्षणपछि शव परिवारको जिम्मा लगाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्