चौधरीले वृद्धाश्रममा मनाए जन्मदिन, जेष्ठ नागरिकलाई गरे सहयोग

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १३ का युवा रोशन चौधरीले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएका छन् । चौधरीले जीतपुरसिमरा १ पथलैयास्थित जेष्ठ नागरिक वृद्धाश्रम पुगेर जन्मोत्सव मनाएका हुन् ।
चौधरीले आश्रममा रहेका वृद्धवृद्धालाई भोजन खुवाउँदै सात थान सिरक र सात थान डसना समेत हस्तान्तरण गरेका छन् । सो अवसरमा सरोज गहतराजले सात थान च्यवनप्रास, उत्तम कार्कीले बिस्कुट, बिना जोसिले हर्लिक्स, भीम शाहले सहयोगस्वरूप नगद प्रदान गरेका थिए।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै चौधरीले वृद्धाश्रममा जन्मदिन मनाउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । उनले आफूलाई अझ जिम्मेवार र उत्साहित बनाएको बताए ।
कार्यक्रममा जीतपुरसिमरा १४ का युवा कपिल खरेललगायतको सहभागिता रहेको थियो ।





