सिमरा जेसीजद्वारा फलफुल वितरण तथा दीप प्रज्वलन


eShilalekh

२० माघ २०८२, मंगलवार १०:४०

सिमरा: सातौं स्थापना दिवसको अवसर पारेर सिमरा जेसीजले फलफुल वितरण तथा दीप प्रज्वलन गरेको छ ।

दिवसलाई रचनात्मक बनाउने उद्देश्यसहित सिमरा जेसीजले पथलैयास्थित जेष्ठ नागरिक वृद्धाश्रममा पुगेर
वृद्धवृद्धालाई फलफुल वितरण गरेको हो । यसैगरी सिमरास्थित जेसिज विश्रामस्थलमा सोमबार साँझ दीप प्रज्वलन गरिएको थियो ।

सिमरा जेसीजको वर्ष २०२६ का लागि निर्वाचित भएका कार्यसमितिले पहिलोपटक स्थापना दिवस मनाएको हो ।सामाजिक उत्तरदायित्व, मानवीय संवेदना तथा संस्थागत मूल्यलाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको सिमरा जेसीज वर्ष २०२६ का अध्यक्ष सुमित अधिकारीले जानकारी दिए ।

सिमरा जेसीजका संस्थापक अध्यक्ष धनञ्जय थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्ष २०२६ का पदाधिकारी, पूर्वअध्यक्ष, सदस्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्