बारा ४ मा आइपुग्यो प्रतिनिधिसभा निर्वाचनको मतपत्र


eShilalekh

१४ फाल्गुन २०८२, बिहीबार १३:३५

सिमराः बारा निर्वाचन क्षेत्र नं. ४ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र बिहीबार आइपुगेको छ। जीतपुरस्थित निर्वाचन कार्यालयमा मतपत्र प्राप्त भएसँगै व्यवस्थापनको काम सुरु गरिएको छ।

निर्वाचन अधिकृत गम्भीर घिमिरेले मतदान केन्द्रमा पठाउनका लागि मतपत्र मिलाउने काम भइरहेको बताए । घिमिरेका अनुसार फागुन १८ गते मतदान अधिकृतले मतपत्र बुझेर सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गर्नेछन्।

यस क्षेत्रमा ६१ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र रहेका छन्। निर्वाचन सम्पन्न गराउन आठ सय २२ कर्मचारी खटाइनेछ भने सुरक्षाका लागि हजारौंको संख्यामा प्रहरी परिचालन गरिनेछ। यस क्षेत्रमा एक लाख १४ हजार चार सय ३९ मतदाता छन् ।

यसैगरी निर्वाचन कार्यालय परिसरमा मतगणना स्थल निर्माणको काम पनि सुरु गरिएको अधिकृत घिमिरेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्