प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा


eShilalekh

१५ फाल्गुन २०८२, शुक्रबार १४:२२

सिमराः नेपाल सरकारले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम निर्वाचनलाई मध्यनजर गर्दै मिति २०८२ फागुन २० गतेदेखि फागुन २२ गतेसम्म जम्मा ३ (तीन) दिन मुलुकभर सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी उक्त सूचनामा निर्वाचन प्रक्रियालाई सहज बनाउन र आम नागरिकको सहभागिता सुनिश्चित गर्न यो बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

सरकारको यो निर्णयसँगै उक्त अवधिभर देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्