निर्वाचनका लागि भारतद्वारा थप ३० वटा मिनी ट्रक सहयोग


eShilalekh

१७ फाल्गुन २०८२, आईतवार २०:२८

वीरगन्ज: फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि भारत सरकारले नेपाल सरकारलाई थप ३० वटा सवारी साधन उपहार स्वरूप प्रदान गरेको छ।

वीरगन्जमा आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच भारतीय महावाणिज्यदूतावासले ३० वटा मिनी ट्रकसहितका आवश्यक सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

वीरगन्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै महावाणिज्यदूत मीनाले नेपालको लोकतान्त्रिक प्रक्रिया र निर्वाचन व्यवस्थापनलाई सहज बनाउन भारतले सधैं सहयोग गर्दै आएको बताए।

निर्वाचनको लजिस्टिक तयारीका लागि नेपाल सरकारले गरेको आग्रह अनुसार यो सहयोग उपलब्ध गराइएको हो। यसअघि नै भारत सरकारले निर्वाचन प्रयोजनका लागि पाँच सय ८० वटा विभिन्न प्रकारका सवारी साधन उपहार स्वरूप प्रदान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्