बारामा खस्यो ५२ हजार मत 


eShilalekh

२१ फाल्गुन २०८२, बिहीबार १२:२३

सिमराः बारामा बिहान ११ बजेसम्म ५२ हजार मत खसेको छ । जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा ५२ हजार मत खसेको हो । 

खसेको उक्त मत कुल मतदाताको  ११.१६ प्रतिशत हो । बाराको चार वटा निर्वाचन क्षेत्रमा चार लाख ६५ हजार सात सय ८४ मतदाता छन् । 

मतदान बिहान ७ बजेदेखि सुरु भएको थियो । जिल्लाको सबै मतदान केन्द्रमा शान्तपूर्ण वातावरणमा मतदान भईरहेको बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्