बारा क्षेत्र नं. १ मा रास्वपाका गणेश धिमाल बिजयी

सिमराः बारा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल बिजयी भएका छन् । धिमाल ३९ हजार ९ सय ९८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकीसंग २५ हजार सात सय ७५ मतको मतान्तरले जित हात पारेका हुन् । बुढाथोकीले १४ हजार दुई सय २३ मत पाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत पाएका छन् । मैनाली २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सन्तोष दंगालले दुई हजार आठ सय ७८, जसपा नेपालका रामबाबु प्र. यादवले दुई हजार पाँच सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सा कलवारले ९ सय ४१, उज्यालो नेपालका अनवर अंसारीले ६ सय ७७ मत पाएका छन् ।






