प्रसौनी र परवानीपुरमा कसले कति मत प्राप्त गरे ?

सिमराः प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बारा क्षेत्र नं. ४ को प्रसौनी र परवानीपुर गाउँपालिकामा नेकपा एमाले कमजोर देखिएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष जितेपनि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने यी दुई पालिकाको मतपरिणामले एमालेलाई कमजोर देखाएको छ ।
प्रसौनीमा एमाले चौथो र परवानीपुरमा तेस्रो स्थानमा छ । प्रसौनीमा एमालेका उम्मेदवारले कुल एक हजार तीन सय ४६ मत प्राप्त गर्दा जसपा नेपालका उम्मेदवारले एक हजार तीन सय ७०, नेपाली कांग्रेसका उम्मेदवारले एक हजार ६ सय ६४ र रास्वपाका उम्मेदवारले पाँच हजार ९ सय ३१ मत प्राप्त गरेको छ ।
यसैगरी परवानीपुर गाउँपालिकामा तेस्रो स्थानमा रहेको एमालेले एक हजार आठ सय सात मत प्राप्त गरेको छ । यस पालिकामा एमाले भन्दा जसपा नेपाल र रास्वपा अग्र स्थानमा छन् । पहिलो स्थानमा रहेको रास्वपाका उम्मेदवारले पाँच हजार तीन सय ८१ मत र जसपा नेपालका उम्मेदवारले दुई हजार तीन सय ९६ मत प्राप्त गरेका छन् ।
हेर्नुहोस् यी दुई पालिकामा कुन उम्मेदवारले कति मत प्राप्त गरेका छन् ।








