निजगढमा १२ किलो लागूआअैषध गाँजासहित दुई जना पक्राउ

सिमराः प्रहरीले निजगढ नगरपालिका ११ रतनपुरबाट मंगलबार बिहान अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १९ ईनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका ९ का १९ वर्षीय तरबेज आलम रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १२ किलो दुई सय ३० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार ग.६ प ८८५१ नम्बरको मोटरसाइकलमा सवार देवानको साथबाट ६ किलो चार सय ५० ग्राम र मधेश प्रदेश ०३–०३८ प १२०९ नम्बरको मोटरसाइकलमा सवार आलमको साथबाट पाँच किलो सात सय ८० ग्राम गाँजा फेला परेको थियो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






