इनिशा बिक हत्याकाण्डविरुद्ध वीरगन्जमा विरोध प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग


eShilalekh

२९ फाल्गुन २०८२, शुक्रबार २१:२०

वीरगन्ज: सुर्खेतको वीरेन्द्रनगरमा किशोरी इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा शुक्रबार वीरगन्जमा प्रदर्शन गरिएको छ।

वीरगन्ज स्कुल अफ लमा कानुन अध्ययनरत विद्यार्थीहरूले साँझ घण्टाघर चोकमा भेला भएर विरोध गरेका थिए। प्रदर्शनमा सहभागीहरूले घटनाका दोषीलाई पहिचान गरी कडा कारबाही गर्न माग गरेका थिए।

उनीहरूले महिला र बालिकामाथि बढ्दो हिंसा विरुद्ध समाजमा सचेतना ल्याउन र राज्यलाई कडा कदम चाल्न समेत आग्रह गरेका थिए। प्रदर्शनको अन्त्यमा उनीहरुले घण्टाघर चोकमा दीप प्रज्वलन गरी मृतक इनिशाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

घटनाले देशभर आक्रोश फैलाएको भन्दै दोषीलाई कानुनअनुसार तुरुन्त कारबाही गर्नुपर्ने उनीहरूको माग रहेको थियो ।

तस्वीर: मधेश खबर

प्रतिक्रिया दिनुहोस्