महोत्तरीमा एक सय ९ किलो लागूऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा

महोत्तरीः महोत्तरीको रामगोपालपुर नगरपालिका ८ बाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
प्रहरीले एक सय ९ किलो लागूऔषध गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार लागूऔषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततर्फ लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।
कार चालक फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताए ।






