धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार


eShilalekh

१ चैत्र २०८२, आईतवार १५:३०

सिमराः पर्साको पर्सागढी नगरपालिकामा घरायसी विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छन् ।

आइतबार बिहान करिब ७ बजे पर्सागढी नगरपालिका वडा नं. ७ का विश्वनाथ सहनीले श्रीमती हरिकला सहनीमाथि धारिलो हतियार प्रहार गरेका हुन् । घरायसी भनाभनका क्रममा उत्तेजित भएका विश्वनाथले हतियार प्रहार गर्दा हरिकलाको खुट्टामा गहिरो चोट लागेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बढनियारबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर अत्यधिक रक्तश्राव भइरहेकी हरिकलाको उद्धार गरेको थियो । प्रहरीले तत्काल उनलाई प्राथमिक उपचार गरी एम्बुलेन्समार्फत उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ ।

आक्रमणपछि फरार भएका विश्वनाथ सहनीको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्