सिम्रौनगढमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते


eShilalekh

३ चैत्र २०८२, मंगलवार १४:५०

सिमराः सिम्रौनगढ नगरपालिका ५ मा सोमबार राति दुई वटा भारतीय नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ आउँदै गरेको बीआर०५एए ८४४४ र बीआर३०भी ४६३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका ५ निवासी ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको हो। दुर्घटना लगतै महतोलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ।

दुर्घटनामा महतो सवार ८४४४ नम्बरको मोटरसाइकलका चालक सिम्रौनगढ ५ का ३५ वर्षीय दिलिपकुमार पटेल, ४६३७ नम्बरको मोटरसाइकल चालक रौतहट राजपुर नगरपालिका ४ अकोलवाका २२ वर्षीय राजा साह र राजपुर ९ बैरीयाका १५ वर्षीय भरतकुमार साह घाइते भएका छन्। घाइतेको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्