पर्साको मधुवन मथवलमा ‘कोइलाभर जङ्गल रिसोर्ट’ शुभारम्भ

सिमराः पर्साको सखुवाप्रसौनी गाउँपालिका १ स्थित मधुवन मथवल क्षेत्रमा शुक्रबारदेखि ‘कोइलाभर जङ्गल रिसोर्ट’ सञ्चालनमा आएको छ । विगत केही महिनादेखि सञ्चालनको तयारीमा रहेको यो रिसोर्टको आज एक विशेष कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
कोइलाभर जङ्गलको छेउमै अवस्थित यस रिसोर्टले प्राकृतिक वातावरणमा शान्ति र आराम खोज्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
जङ्गलको निकटता र आधुनिक सुविधाको सङ्गम मानिएको यस रिसोर्टमा पाहुनाहरूका लागि आरामदायी आवास, नेपाली तथा अन्तर्राष्ट्रिय स्वादका परिकार पस्कने रेस्टुरेन्ट र प्रकृति अवलोकनका लागि उपयुक्त स्थानहरू रहेको रिर्सार्टका सञ्चालक सुशील पटेलले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जको निकट क्षेत्रमा रहेकाले यहाँबाट वन्यजन्तु तथा जैविक विविधताको सुरक्षित अवलोकन गर्ने अवसर समेत मिल्नेछ । प्रकृति संरक्षण र आधुनिक विलासितालाई सन्तुलित रूपमा अघि बढाउने योजनासहित सञ्चालनमा आएको यस रिसोर्टले स्थानीय पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।






