बालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक वृद्ध पक्राउ


eShilalekh

८ चैत्र २०८२, आईतवार १४:२६

सिमराः इलाका प्रहरी कार्यालय सिमराले १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरका अन्दाजी ७० वर्षीय लकिचन्द साह कलवार रहेका छन् । प्रहरीले कलवारलाई शनिबार राति उनकै पसलबाट नियन्त्रणमा लिएको हो ।

घटनाको गम्भीरतालाई हेर्दै उनलाई हिरासतमा राखिएको र थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जनाएका छन् ।

मधेस प्रदेशमा पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरू बढ्दो क्रममा देखिनु चिन्ताको विषय बनेको छ । विशेषगरी बारा, पर्सा र रौतहट जस्ता जिल्लाहरूमा दाइजो प्रथा, बोक्सीको आरोप र यौनजन्य दुर्व्यवहारका घटनाहरूले समाजलाई ग्रस्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्