पर्सामा बुहारीको कुटपिटबाट सासूको मृत्यु, दुई जना पक्राउ


eShilalekh

९ चैत्र २०८२, सोमबार २०:५३

सिमराः पर्साको जिराभवानी गाउँपालिका १ पिपरा टोलमा पारिवारिक विवादका कारण बुहारीको कुटपिटबाट एक वृद्ध महिलाको ज्यान मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सायदा श्रीवास्त रहेकी छन् ।

 प्रहरीका अनुसार आफ्नै बुहारीको प्रहारबाट आइतबार दिउँसो सायदाको मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी २६ वर्षीया बुहारी पिंकी देवी र उनका आफन्त १६ वर्षीया गायत्री कुमारीलाई नियन्त्रणमा लिएको छ । 

स्थानीयका अनुसार सासू र बुहारीबीच लामो समयदेखि घरायासी कलह चल्दै आएको र सोही विवादले उग्र रूप लिँदा उक्त घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्