रौतहटमा आवश्यक कागजात नभएका १५ मोटरसाइकल बरामद


eShilalekh

१२ चैत्र २०८२, बिहीबार १२:४९

रौतहटः जिल्ला प्रहरी कार्यालय रौतहटले आवश्यक कागजात नभएका १५ थान मोटरसाइकलसहित बरामद गरेको छ ।

गौर नगरपालिका ४ स्थित बसपार्क चोकमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा ती मोटरसाइकलहरू बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद गरिएका मोटरसाइकलहरूको अनुमानित बजार मूल्य ११ लाख ७० हजार रुपैयाँ रहेको छ ।

यसैगरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सात हजार दुई सय ३० रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य खुद्रा सामानसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार विभिन्न मिति र समयमा बरामद गरिएका मोटरसाइकल र अवैध सामग्रीहरूलाई कुल ११ लाख ७७ हजार दुई सय ३० रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्