पत्रकार महासंघको स्थापना दिवसका अवसरमा बारा शाखाद्धारा बिरामीलाई फलफूल वितरण


eShilalekh

१६ चैत्र २०८२, सोमबार २०:०५

कलैया: नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ बारा शाखाले सोमबार साँझ प्रादेशिक अस्पताल कलैयाका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसंग जोड्दै महासंघले अस्पतालमा उपचाररत बिरामीलाई स्वास्थ्यलाभको कामनासहित फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा महासंघको केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिमा आवद्ध र सक्रिय पत्रकारको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रदेश सदस्य साजिर मन्सुर, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीसहित जिल्लाका पदाधिकारी, कार्यसमिति सदस्य, सक्रिय पत्रकार सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्