सिमरामा १३७ जनाले गरे रगतदान


eShilalekh

२७ चैत्र २०८२, शुक्रबार १५:३०

सिमराः जेनजी युथ नेपाल बाराले शुक्रबार सिमरामा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय ३७ जनाले रगतदान गरेका छन् । सिमरा बिजनेश सेन्टर परिसरमा आयोजित कार्यक्रममा १६ महिला र १२१ पुरुष गरी १३७ जनाले रगत दान गरेका हुन् ।

कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराले समेत समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहभागिता जनाएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्री, स्थानीय उमेश चौलागाईं, ठाकुर खतिवडा, सुजन स्याङतान, द्धारिका पौडेल, सन्तोष दाहाल, निशान श्रेष्ठ, किसन ढकाल, केदार ढकाल, रिता कंडेल, कविता सापकोटा, झलकनाथ भट्टराई, अमृत बस्याल, सुशान्त शाह, बबिन सुब्बा, आयुश न्यौपाने, अस्मित क्षेत्री, मिसन श्रेष्ठ, सुलभ पौडेललगायतले रगतदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी पर्साले प्राविधिक सहयोग पुर्याएको कार्यक्रम जेनजी बाराका अध्यक्ष सम्राट उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्