हरि खेतान बहुमुखी क्याम्पसका प्रमुखमाथि कालोमोसो प्रहार

वीरगन्जः वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा शिक्षक र प्रशासनबीचको लामो समयदेखिको विवादले उग्र रूप लिँदा क्याम्पस प्रमुख किशोरी राय यादवमाथि कालोमोसो प्रहार गरिएको छ ।
सेवा सुविधा, पारिश्रमिक र प्रशासनिक व्यवस्थापनप्रति असन्तुष्ट रहेका आन्दोलनरत शिक्षकहरूले आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै क्याम्पस परिसरमै प्रमुख यादवमाथि दुर्व्यवहार गरेका हुन् ।
घटनालगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले स्थितिलाई नियन्त्रणमा लिई दोषीहरूको पहिचान र कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
क्याम्पस प्रमुख यादवले यो घटनालाई संस्थाको गरिमामाथिको प्रहार भन्दै भत्र्सना गरेका छन् भने यस विवादका कारण क्याम्पसको पठनपाठन र प्रशासनिक कार्यहरू समेत पूर्ण रूपमा प्रभावित भएका छन् ।






