सप्तरीमा एक सय ४५ किलो गाँजासहित दुई जना पक्राउ

सप्तरीः सप्तरीको खडक नगरपालिका ५ रंजितपुरबाट प्रहरीले एक सय ४५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका १ का ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका ५ का ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई रोकेर जाँच गरेको थियो । जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १४ पोकामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
बरामद गाँजासहित पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






