जीतपुरसिमराका सबै वडा पूर्ण खोपयुक्त (तस्वीरहरु)


eShilalekh

२० जेष्ठ २०८३, बुधबार २१:५२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका सबै २४ वटै वडा पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत चालु वर्ष उपमहानगरका सबै वडाले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेपछि पूर्ण खोपयुक्त वडा घोषणा गरिएको हो ।

उपमहानगरका विभिन्न वडा कार्यालयले बुधबार कार्यक्रमको आयोजना गर्दै पूर्ण खोपयुक्त वडा घोषणा गरेका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जन्मदेखि १५ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त वडालाई पूर्ण खोपयुक्त घोषणा गर्ने गरिन्छ ।

उपमहानगरपालिका भित्रका २४ वटै वडामा गरिएको सर्वेक्षणका क्रममा १५ महिनासम्मका बालबालिकाले पाउनेपर्ने सबै खोप प्राप्त गरेको पाइएपछि पूर्ण खोपयुक्त वडा घोषणा गरेको स्वास्थ्य महाशाखा प्रमुख रवि भाष्करले जानकारी दिए ।

भाष्करका अनुसार १५ महिनासम्मका बालबालिकाले सात पटकमा विभिन्न १३ प्रकारका खोप लगाउनुपर्ने हुन्छ । उक्त खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी बैशाख मसान्तसम्ममा सबै खोपको मात्रा पुर्याउने गरिएको भाष्करले बताए ।

१५ महिनासम्मका सबै बालबालिकाले खोप पूरा गरेपछि वडास्तरमा घोषणा भएको बताउँदै भाष्करले नगरलाई पनि पूर्ण खोपयुक्त वडा घोषणा गर्ने तयारी भईरहेको जानकारी दिए । उनले आगामी नगरसभामा पूर्ण खोपयुक्त नगर घोषणा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्