महागढीमाईमा चट्याङ लागेर बालिकाको मृत्यु, एक महिला घाइते


eShilalekh

१८ असार २०८३, बिहीबार ११:०८

सिमरा: बाराको महागढीमाई नगरपालिका ९ पिप्राविर्तामा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

मृत्यु हुनेमा स्थानीय कपिलदेव साहकी १२ वर्षीया छोरी सन्जनाकुमारी दास रहेकी छन् । घटनामा सोही स्थानकी ३० वर्षीया सरितादेवी दास घाइते भएकी छन् ।उनको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बुधबार साँझ उनीहरू खेतीबाट घर फर्कने क्रममा चट्याङ परेको थियो । चट्याङ लागेर सन्जनाकुमारीको घटनास्थलमै मृत्यु भएको र सरितादेवी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्