बाराका एक युवक स्रोत नखुलेको करिब ३९ लाख रुपैयाँसहित काठमाडौंमा पक्राउ


eShilalekh

१८ असार २०८३, बिहीबार २०:३३

सिमराः बाराका एक युवक स्रोत नखुलेको नेपाली नगदसहित बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-७ घर भई हाल काठमाडौं कालीमाटी बस्दै आएका २३ वर्षीय मनमोहन साह कलवार रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो करिब २:४५ बजे जम्बुडाँडास्थित पहेलो पुल क्षेत्रमा शङ्कास्पद रूपमा झोला बोकेर हिँडिरहेका कलवारलाई चेकजाँच गरिएको थियो । सो क्रममा उनको साथबाट स्रोत खुलाउन नसकिएको नेपाली नगद ३९ लाख ४१ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त बौद्धबाट भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्