रौतहट प्रहरीद्वारा २१ जना फरार प्रतिवादी एकै दिन पक्राउ


eShilalekh

२० असार २०८३, शनिबार १७:४३

रौतहटः जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत एकै दिन २१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत रौतहटबाट चेक अनादर, किर्ते नागरिकता र सवारी अंगभंग लगायतका विभिन्न मुद्दामा दोषी ठहर भई दण्ड जरिवाना तोकिएपछि लामो समयदेखि लुकिछिपी बस्दै आएका उनीहरूलाई प्रहरीले शुक्रवार जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका देवेन्द्र राजत बरै, राजकिशोर साह, सुशील पटेल, रामनाथ सहनी, रोकेश पटेल, दिपेन्द्र प्रसाद पटेल, रामबाबु प्रसाद पटेल र शिवनाथ प्रसाद जयसवाल, धर्मेन्द्र कुमार दास, कमेश्वर प्रसाद महतो, अमामुलदिन, बिजेश पटेल, मनोज कुमार राजत, पुनित प्रसाद यादव, जयराम मुखिया, विन्देश्वर प्रसाद पटेल र कृष्ण लामा रहेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले जानकारी दिए ।

यसैगरी नागरिकता र किर्ते मुद्दाका रुपेश राय, प्रमुनन्दन प्रसाद यादव र रंजिता कुमारी यादव तथा सवारी अंगभंग मुद्दाका प्रमोद कुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचना अनुसार कैद भुक्तान र फैसला कार्यान्वयनका लागि पक्राउ परेका २१ जना प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्