पर्सामा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ


eShilalekh

२२ असार २०८३, सोमबार ११:४५

वीरगन्जः पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य बेतिया जिल्लाको नवलपुरका ३२ वर्षीय गुड्डु बर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय जानकी टोलाबाट आइतबार राति खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका २ स्थित इनर्वा जाने चोकमा भारततर्फ जाँदै गरेको बिआर ०१ सीयु ३५४४ नम्बरको सेतो रङ्गको कारलाई रोकेर जाँच जाँच गरेको थियो ।

पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार जाँचका क्रममा कारभित्र लुकाएर राखिएको अवस्थामा १० वटा पोकामा रहेको एक सय दुई किलो ६ सय ३८ ग्राम गाँजा बरामद भएको हो ।

बरामद लागूऔषध गाँजा र कारसहित नियन्त्रणमा लिइएका बर्मालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्