उच्च अदालत वीरगन्जका न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना, ६ जना घाइते


eShilalekh

२ भाद्र २०८३, मंगलवार ०९:२०

सिमरा: हेटौंडा–भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा उच्च अदालत जनकपुर (वीरगन्ज इजलास) का न्यायाधीश गोकर्ण डाँगी सवार गाडी दुर्घटनामा परेको छ। मङ्गलवार बिहान भएको उक्त दुर्घटनामा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका छन्।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश–३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कर्पियो अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर करिब ५० मिटर तल भिरमा खसेको थियो। गाडीमा चालकसहित चार पुरुष र दुई महिला गरी कुल ६ जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने एक महिलाको अवस्था चिन्ताजनक छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्