जीतपुरसिमरा-१६ मा खेलकुद सामाग्री वितरण


eShilalekh

१८ आश्विन २०८३, आईतवार ०७:४३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले महेन्द्रनगर युवा क्लबसहित वडाभित्रका अन्य क्लब तथा खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेका छन् । वडाका युवा र खेलाडीहरूलाई खेलकुदप्रति थप आकर्षित गर्न र उनीहरूको हौसला बढाउन खरेलले सामाग्रीहरू प्रदान गरेका हुन् ।

वडाध्यक्ष खरेलले खेलकुदका माध्यमबाट वडाको नाम अन्तर्राष्ट्रिय जगतमा उच्च बनेको बताए । उनले वडा नम्बर १६ की गङ्गा घिमिरेले हालै जापानमा सम्पन्न एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत कबड्डीमा नेपालको तर्फबाट कास्य पदक जितेर वडा र देशकै इज्जत बढाएको भन्दै प्रशंसा गरे ।

उनले फुटबल खेलको माध्यमबाट पनि भविष्यमा वडाले खेलकुद क्षेत्रमा ठूलो प्रगति हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । खेलकुदको विकासले युवाहरूलाई कुलतबाट टाढा राख्न मद्दत पुग्ने खरेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्