पचरौताबाट ५५ किलो गाँजासहित एक जना पक्राउ


eShilalekh

२५ आश्विन २०८३, आईतवार ०९:०४

सिमराः प्रहरीले बाराको पचरौताबाट ५५ किलो लागूऔषध गाँजासहित एक जनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगरका ४५ वर्षीय राजकिशोर यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले यादवलाई गाँजासहित नियन्त्रणमा लिएको हो । यादवलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर कारवाही प्रक्रिया अघि बढाइएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्