युवराज र दीपेन्द्रको जोडीले जित्यो जीतपुरसिमरा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि


eShilalekh

२५ आश्विन २०८३, आईतवार १५:०२

सिमराः जीतपुरसिमरा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि युवराज राउत र दीपेन्द्र मानन्धरको जोडीले जितेको छ । पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयको कभर्ड हलमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा शिवनाथ यादव र दीपेन्द्र बुढाथोकीको जोडीलाई पराजित गर्दै युवराज र दीपेन्द्रले उपाधि जितेका हुन् ।

शनिबारदेखि सुरु भएको यस प्रतियोगितामा कुल २४ जना खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा डमरुप्रसाद निरौला, कृष्णप्रसाद चापागाईं, यादवराज आचार्य, चित्रप्रसाद आचार्य, विनोद खरेल, दीपेन्द्र बुढाथोकी, शिवनाथ यादव, अर्जुन थापा, ताराप्रसाद बोहोरा, प्रेमबहादुर बर्तौला, बिक्रम केसी र गंगा चौधरी रहेका थिए भने समूह ‘बी’ मा दीपक मानन्धर, युवराज राउत, मनिष धौजु, भविराम राई, नवराज श्रेष्ठ, पासाङ लामा, देवेन्द्रप्रसाद मैनाली, रुपेश न्यौपाने, बिराज थापा, दिनेश बस्नेत, शालिकराम श्रेष्ठ र दुतबहादुर तामाङ थिए ।

समापन समारोहमा प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरूलाई प्रमुख प्रशासकीय अधिकृत निरौला, सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नानीराम हुमागाईं र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईंलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको उद्घाटन प्रमुख प्रशासकीय अधिकृत निरौलाले गरेका थिए भने दोस्रो दिनको खेल अवलोकनका लागि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्