वीरगन्जबाट लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ


eShilalekh

७ कार्तिक २०८३, शनिबार १६:१४

वीरगन्ज: प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका-१६ बाट लागूऔषध खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ६ का २४ वर्षीय अमित दर्जी र सोही गाउँपालिका वडा नं. २ का २९ वर्षीय दिपक परियार रहेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्ज र प्रहरी चौकी ईनरुवा पर्साबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट ४२.७२० ग्राम लागूऔषध खैरो हेरोइन र दुई थान मोबाइल फोन समेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्