पर्सामा १२ लाख बराबरको भन्सार छलीका सामानसहित मोटरसाइकल नियन्त्रण


eShilalekh

७ कार्तिक २०८३, शनिबार १६:३०

वीरगन्ज: सशस्त्र प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठ्ठाबाट ठूलो परिमाणमा भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. प्रसौनीभाठ्ठाबाट खटिएको चेकपोइन्ट टोलीले जाँचका क्रममा गैरकानुनी रूपमा नेपालतर्फ भित्र्याउँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले अवैध रूपमा ल्याइँदै गरेका सामान तथा ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल गरी जम्मा रु. १२,७४,०००।- (बारह लाख चौहत्तर हजार) बराबरको सामान बरामद गरेको छ।

बरामद गरिएका सामान र सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्