सर्लाहीमा ईभी भ्यान दुर्घटनाः बाराका १२ जना घाइते, १ गम्भीर


eShilalekh

७ कार्तिक २०८३, शनिबार १७:१४

सिमरा: सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा परी बाराका १२ जना नागरिक घाइते भएका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक ठोक्किँदा बाराका ईभी चालकसहित १२ जना यात्रु घाइते भएका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.-०४-००१ ज ००५७ नम्बरको ईभी भ्यान विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-००२ ख १३२४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि सर्लाहीको लालबन्दीस्थित मोडल अस्पताल लगिएको थियो।

घाइतेमध्ये बाराको सुवर्ण गाउँपालिका-४ का ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बाराको कलैयास्थित एलएस न्युरो अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य तथा मध्यम रहेको छ।

दुर्घटनापछि प्रहरीले मोरङको बूढीगंगा गाउँपालिका-४ का ३५ वर्षीय ट्रक चालक विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखेर अनुसन्धान अघि बढाएको छ।

घाइतेहरूको विवरण तथा स्वास्थ्य अवस्था:

  • कामेश्वर सहनी (४१ वर्ष, महागढीमाई नगरपालिका–६) – ईभी चालक (मध्यम)
  • राजेन्द्र राम (४८ वर्ष, महागढीमाई नगरपालिका–९) – (सामान्य)
  • रञ्जित राम (३७ वर्ष, सुवर्ण गाउँपालिका–४) – गम्भीर (एलएस न्युरो अस्पताल, बारामा उपचाररत)
  • भवन राम (४५ वर्ष, सुवर्ण गाउँपालिका–४) – (मध्यम)
  • राजदेव राम (४० वर्ष, सुवर्ण गाउँपालिका–४) – (सामान्य)
  • विनोद राम (४० वर्ष, सुवर्ण गाउँपालिका–४) – (सामान्य)
  • रुदल राम (४७ वर्ष, सुवर्ण गाउँपालिका–४) – (सामान्य)
  • हरिहर राम (६३ वर्ष, सुवर्ण गाउँपालिका–७) – (सामान्य)
  • नन्दन राम (३७ वर्ष, कलैया उपमहानगरपालिका–२६) – (सामान्य)
  • उमेश राम (३७ वर्ष, कलैया उपमहानगरपालिका–२६) – (मध्यम)
  • रामसन्देय राम (५५ वर्ष, पचरौता नगरपालिका–७) – (सामान्य)
  • नवलकिशोर राम (४० वर्ष, सिम्रौनगढ गाउँपालिका–४) – (सामान्य)

प्रतिक्रिया दिनुहोस्