रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

रौतहट: रौतहटको माधव नारायण नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका-१ बर्गिनिया टोल बस्ने ५० वर्षीया सुनिता देवी पण्डित रहेकी छन्।
प्रहरीका अनुसार माधव नारायण नगरपालिका-६ स्थित माधोपुर सडकखण्डमा मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल शनिबार बिहान अचानक अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी पण्डित गम्भीर घाइते भएकी थिइन्।
दुर्घटनालगत्तै उनलाई उपचारका लागि गरुडास्थित हेल्थ ल्याण्ड अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।







