सिमरा खानेपानीको वृत्तचित्र प्रदर्शन तथा स्मारिका विमोचन सम्पन्न


eShilalekh

२३ असार २०८१, आईतवार ११:३०

सिमराः सिमरा खानेपानी सरसफाइ उपभोक्ता समितिले एक कार्यक्रमको आयोजना गरी वृत्तचित्र प्रदर्शन तथा स्मारिका विमोचन गरेको छ । समितिको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच संस्थाको इतिहास र वर्तमान योजनामा समेटेर तयार पारिएको वृत्तचित्र र स्मारिका विमोचन गरिएको हो ।

कार्यक्रममा जेष्ठ नागरिक एवम् तत्कालिन पिपरा सिमरा गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च मुकुन्दप्रसाद उपाध्याय, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र संस्थाका अध्यक्ष कासिम हुसेनले वृत्तचित्र र स्मारिका विमोचन गरेका थिए ।

२०५४ सालमा स्थापना भएको सिमरा खानेपानीको विषयमा उपभोक्ता र आमनागरिकलाई सुसूचित गराउने उदेश्यले वृत्तचित्र र स्मारिका तयार गरिएको हो । बाराका पत्रकार उपेन्द्र ठाकुरले वृत्तचित्र र स्मारिका तयार गरेका हुन् ।

संस्थाका अध्यक्ष हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, उपभोक्तालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्