पर्सा प्रहरीद्वारा लागूऔषध गाँजासहित २ जना पक्राउ

सिमराः पर्सा प्रहरीले ८०० ग्राम लागूऔषध गाँजा बरामद दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २२, अमलेखगंज बस्ने १९ बर्षीय उमेश थिङ्ग रहेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट स्थित सडकखण्डमा ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले थिङ्गलाई रोकेर चेकजाँच गर्ने क्रममा ८०० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक भारतीका अनुसार, बिहिबार दिउँसो करिब १४ः५० बजेको समयमा शंकास्पद रुपमा पैदल हिडिरहेको थिङ्गको झोला चेक गर्दा लुकाईछिपाई गरि ८०० ग्राम लागूऔषध गाँजा फेला परेको थियो ।
यसैगरी सोहि दिन करिब १४ः०० बजेको समयमा कालिकामाई गाँउपालिका वडा नं.३, हरिहर टोल बस्ने बर्ष ३५ का ललन पासवानलाई पर्सा प्रहरीले ५ के.जी ९०० ग्राम ८०० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले शंकराचार्य गेट स्थित सडकखण्डमा पासवानको झोला चेकजाँच गर्दा लागूऔषध गाँजा फेला परेको थियो ।
पक्राउ परेका दुवैलाई लागूऔषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।