मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु


eShilalekh

७ भाद्र २०८१, शुक्रबार २१:५८

सिमराः तनहुँस्थित मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय बसमा सवार ४३ यात्रुमध्ये २७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले उक्त दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

मृतक सबै भारतीय नागरिक रहेका छन् । उनिहरुको शव आबुखैरेनीबाट पोखरा लैजाने तयारी भईरहेको छ । पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यपरीक्षण गरेर मात्रै मृतकको शव परिवारलाई बुझाइनेछ ।

तनहुँको दमौलीमै शल्यपरीक्षण हुने भएपनि भारतीय दूतावासको आग्रहमा शव पोखरा लैजान लागिएको हो । पोखरामा भारतीय दूतावासको कन्सुलर कार्यालय छ ।

पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका २ स्थित ऐनापहाराबाट मस्र्याङदी नदीमा खसेको थियो । दुर्घटनामा १६ जना घाईते भएका छन् । घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनिहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

भदौ ४ गते बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएर नेपाल आएको उक्त बस दुई दिन पोखरा भ्रमण गरेर काठमाडौं जाँदै गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्