पुस्तक बिक्री गर्न सिमरा आए महावीर पुन


eShilalekh

१५ भाद्र २०८१, शनिबार २०:४२

सिमरा: आफ्नो जीवनी समेटिएको पुस्तक बिक्री गरेर वीरगन्जस्थित कृषि औजार कारखाना पूर्ण क्षमतामा संचालन गर्ने उद्घोष गरेका वैज्ञानिक महावीर पुन शनिबार साँझ सिमरा आइपुगेका छन् ।

आफुले लेखेको पुस्तक बिक्री गर्न देशका विभिन्न स्थान पुग्ने क्रममा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष पुन सिमरा आएका हुन् । चितवन, मकवानपुर हुँदै बारा आएका पुन दुई दिन सिमरामा रहनेछन् ।

पुनले आफ्नो जीवनी समेटेर `महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक लेखेर त्यसको आम्दानीले औजार कारखाना संचालन गर्ने घोषणा गरेका थिए । घोषणाअनुसार प्रारम्भिक रुपमा कारखाना संचालनमा आइसकेको छ ।

पुनले सिमरामा आइतबार बिहानदेखि किताब बिक्री गर्न सुरु गर्नेछन् । पुनलाई सिमराका स्थानीयले स्वागत गर्दै पुस्तक बिक्रीका लागि सहजीकरण गरिरहेका छन् ।

सिमरा कलेजबाट बिहान ७:३० बजे पुन पुस्तक बिक्री अभियान सुरु हुनेछ । त्यसपछी पुन ८:३० बजे एसपिइस कलेज, ९:३० बजे सेन्ट अल्फोन्सास स्कुल पुग्नेछन् । पुनले दिनभर जीतपुरसिमरा भित्रका बिद्यालय, कलेज, सिमरा चोक, एयरपोर्ट रोडमा पुस्तक बिक्री गर्ने कार्यक्रम तय भएको सिमराका स्थानीय युवा रमेश थापाले जानकारी दिए ।

पुनको किताब किन्न इच्छुक व्यक्ती र संस्थाले ९८४५०५८९२२, ९८५५०२४९५० मा सम्पर्क गर्न सकिने स्थानीय राजदास श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्