संविधान दिवसको अवसरमा बाराका पाँचजना सहित १२ जना कैद मुक्त हुने


eShilalekh

२३ भाद्र २०८१, आईतवार १५:०२

सिमराः संविधान दिवसको अवसरमा बाराका पाँचजना सहित १२ जना कैद मुक्त हुने भएका छन् । विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरिसकेका १२ कैदीलाई नेपाल सरकारले माफी दिने निर्णय गरेको हो ।

गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागका निर्देशक कमल पाण्डेका अनुसार ज्येष्ठ नागरिक, अशक्त महिला, र बालबालिकाको हकमा कैदी जीवन बिताइरहेका केही व्यक्तिहरूलाई नेपालको संविधानको व्यवस्था अनुसार कैद मुक्त गरिने भएको छ ।

सरकारले बारा कलैया ३ का उमेशकुमार (मुद्रा अपचलन), जीतपुरसिमरा १९ का विनय चौधरी (बहुविवाह), निजगढ ६ का रामहवी राना (चोरी), पचरौता ८ का अमरराय यादव (हातहतियार), परवानीपुर ३ का ओमप्रकाश साह (खोटाचलन) लाई कैदमुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी वीरगञ्ज १४ का महमद तारिफ हुसेन अन्सारी (चोरी), बहुदरमाई ३ का नेक महमद, भरतपुर १० का मानबहादुर घलान, बिहार पश्चिमी चम्पारण बैरियाका छदु महतो, बिहार पश्चिमी चम्पारणका जियाउल रहमान, वीरगञ्ज १५ का बिक्की सर्राफ र दोलखाका कृष्णबहादुर दाहाललाई कैद मुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

यो निर्णय नेपालको संविधानको मान्यता अनुसार कैदीहरूको पुनःस्थापना र समाजमा पुनः समायोजनको उद्देश्य अनुरुप लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्