साना किसान कृषि सहकारी संघमा सहनीलाई निरन्तरता


eShilalekh

२ फाल्गुन २०७८, सोमबार १९:४५

सिमरा: साना किसान कृषि सहकारी संघ बाराको अध्यक्षमा पुनः मिश्रीसाल सहनी चयन भएका छन् । संघको सोमबार सम्पन्न १४औं वार्षिक साधारण सभाले दोस्रो कार्यकालका लागि सहनीलाई सर्वसम्मत् रुपमा अध्यक्ष चयन गरेको हो ।

सहनीको अध्यक्षतामा चयन गरिएको समितिको उपाध्यषमा नयनकला खड्का, सचिवमा रामएकवाल चौधरी र कोषाध्यक्षमा विन्दा सिंह राजपुत रहेका छन् । समितिको सदस्यमा जयकिशन चौधरी, संजिला खातुन र अस्तुर्नी देवी चौधरीलाई चयन गरिएको छ ।

यसैगरी साधारण सभाले संघको रामलखन प्रसाद यादवको संयोजकत्वमा लेखा समित चयन गरेको छ । समितिको सदस्यमा केदारबहादुर भण्डारी र धुरेन्द कुशवाहा चयन भएको निर्वाचन कमिटीका संयोजक झपेन्द्र बरालले जानकारी दिए ।

निर्वाचत समितिका पदाधिकारी र सदस्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । निर्वाचन कमिटी संयोजक बराल र बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुरले सपथ ग्रहण गराएका थिए ।

यसअघि साधारण सभाको उद्घाटन नेकपा एमालेकी पोलिटव्युरो सदस्य एव्म पूर्वमन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिइन् । साहले कृषी क्षेत्रसहित देशको समग्र विकासका निम्ति एमाले नेतृत्वको आवश्यक रहेको र नजिकिदै गरेको चुनावमा एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताईन् ।

सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष शिवप्रसाद अधिकारी, पूर्व उपाध्यक्ष कनाईलालथारु लगायत २५ सदस्य संस्थाका पदाधिकारी र शेयर सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्