तस्बिरमा हेर्नुस् राम–सीताको विवाह


eShilalekh

१३ असार २०७८, आईतवार ०३:२१

जनकपुरधाम : लाखौं श्रद्धालुको उपस्थितीमा राम–सीताको विवाह सम्पन्न भएको छ। विवाहका लागि आइतबार राति जनकपुरलाई झक्किझकाउ बनाइएको थियो। 

पण्डालमा राम सीताको विवाह भइरहँदा मन्दिर वरपर श्रद्धालुहरु भरिएका थिए। रंगभुमि मैदानमा दिउँसो स्वंम्वर गरेपछि राती राम–सीताको विवाह सम्पन्न गरिएको हो। 

यसअघि बिहिबार धनुषज्ञ, शुक्रबार तिलकोत्सव र शनिबार मटकोर विधि सम्पन्न भएको थियो। राम–सीताको वैवाहिक कार्यक्रममा संघीय सरकारका उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव, प्रदेश-२का मुख्यमन्त्री लालबाबु राउतलगायत विशिष्ट ब्यक्तिको उपस्थिती थियो। 

दिवाकर भण्डारी/अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्