वैदेशिक रोजगारको प्रलोभनमा लाखौँ रकम ठगी, बाराका एक जना पक्राउ


eShilalekh

१७ बैशाख २०८२, बुधबार १४:२७

सिमराः वैदेशिक रोजगारीमा पठाईदिने भन्दै लाखौँ रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका ३ का ४५ वर्षीय श्रवण साह रौनियार रहेका छन् ।

रौनियारमाथि जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका ६ जनालाई प्लम्बर हेल्पर र इलेक्ट्रिसियन हेल्परको पदमा दुबई पठाउने भन्दै जनही दुई लाख रुपैयाँको दरले रकम उठाएको पीडितको भनाई छ ।

पीडितका अनुसार रौनियारले झन्डै १० लाख ९० हजार रुपैयाँ सङ्कलन गरेका थिए । रकम उठाएर रौनियारले विदेश पठाउने प्रक्रिया अघि नबढाएर सम्पर्कविहिन हुँदै आएको पीडितको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्