पेट्रोलियम पदार्थको मूल्य घट्यो


eShilalekh

१८ बैशाख २०८२, बिहीबार १२:१५

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मूल्य घटेसँगै पहिलो वर्गका पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य एक सय ४२ रुपैयाँ पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५७ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य एक सय ४४ रुपैयाँ पर्नेछ ।

यसैगरी तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५८ रुपैयाँ तोकिएको छ । डिजेल र मट्टितेलको मूल्य एक सय ४५ रुपैयाँ पर्नेछ ।

इन्डियन आयल कपर्नेरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्य अनुसार पेट्रोल लिटरमा दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा एक र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो ।

त्यस्तै एलपी ग्यास प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत् राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्