बारामा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई घाईते


eShilalekh

१९ बैशाख २०८२, शुक्रबार १२:४५

सिमराः बाराको फेटा गाउँपालिकामा बिहिबार पिकअप र अटोरिक्सा एकआपसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपलिका इटियाहीका सुनिल पण्डितका १३ वर्षीय छोरा समर रहेका प्रहरीले जनाएको छ ।

बारा प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार फेटा गाउँपालिका ७ गम्हरिया टोलमा मटिअर्वातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च १४२१ नम्बरको पिकअपले विपरित दिशाबाट आइरहेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा चितवन बस्ने निलम हजरा र उनका छोरा आदित्य हजरा घाइते भएका छन् । उनीहरूको वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि पिकअप चालक फरार भएका छन् भने अटो चालकसहित दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्