सिमरा रंगशालामा सांसद देवनारायण चौधरीले गरे २५ लाखको योजना शिलान्यास

सिमराः मधेश प्रदेशकै सुविधा सम्पन्न रंगशालाको रुपमा विकसित हुँदै गईरहेको सिमरा रंगशालामा शुक्रबार थप केही पुर्वाधारको शिलान्यास गरिएको छ । मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले धार्मिक विधिअनुसार पर्खाल, सुरक्षा गार्ड भवन र सेफ्टी ट्यांकी निर्माण कामको थालनी गरेका हुन् ।
उक्त कार्यका लागि चौधरीले संसदीय विकास कोषमार्फत २५ लाख रकम विनियोजन गरेका थिए । चौधरीको संसदीय विकास कोषबाट सिमरा रंगशालामा उक्त पूर्वाधार निर्माण हुने भएको हो । प्रदेशसभा सदस्य चौधरीद्धारा विनियोजित रकमबाट रंगशालामा निर्माण भएको प्रभु राजी एकेडेमीको पर्खाल र सेफ्टी टयांकीको निर्माण हुनेछ भने अपुरो सुरक्षा गार्ड भवन निर्माण पूरा गरिनेछ ।
शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले बाराकी उपसचिव भावना आचार्य, एमाले नेताहरु अमृतलाल श्रेष्ठ, कमला घिमिरे, नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामा, उपाध्यक्ष शंकर थापा, राजदास श्रेष्ठ, महासचिव शम्भुसिंह ठकुरी, एमाले युवा नेता रवीन्द्र खकुरेल, हिरा बस्नेत, शुक्र श्रेष्ठ, इश्वर थपलिया, गणेश ठकुरीलगायत उपस्थित थिए ।
