रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट


eShilalekh

२२ बैशाख २०८२, सोमबार १४:०४

रौतहटः रौतहटको गौर नगरपालिका ४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । तीन जनाले पीडीत व्यक्तिलाई पैतलामा लट्ठीले कुटपिट गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायका अनुसार उक्त सुधार केन्द्रका सञ्चालकलाई बोलाएर अनुसन्धान सुरु गरिएको छ ।

अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्