पथलैया भेट्रान कप: जिराभवानी भेट्रान बिजयी


eShilalekh

२३ बैशाख २०८२, मंगलवार ०७:०७

सिमरा: पथलैयामा जारी पथलैया भेट्रान फूटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जिराभवानी भेट्रान्स क्लब पर्सा बिजयी भएको छ ।

श्रीकृष्ण खेल मैदानमा भएको खेलमा जिराभवानी भेट्रान्सले बकुलिया भेट्रान्स क्लबलाई ३-१ ले पराजित गरेको हो । जितसंगै जिराभवानी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जिराभवानीको जितमा शिवकुमार चौधरीले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । चौधरी प्लेयर अफ दि म्याच घोषित भए । उनलाई पथलैयाका व्यवसायी एवम् समाजसेवी कृष्ण प्रधानले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार एनजेजेभीसी भेट्रान सिमरा र निजगढबीच खेल हुनेछ ।

पथलैया भेट्रानको आयोजनमा जारी प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । जेठ ३ गते सम्म आयोजना हुने प्रतियोगितको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्