धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनुषाः धनुषामा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने मोटरसाइकल चालक १८ वर्षीय अमन राय र मोटरसाइकलमा सवार धनुषाको विदेह नगरपालिका ७ जोगियाराका १६ वर्षीय अंगज कुमार राय रहेको प्रहरीले जनाएको छ ।
सबैला नगरपालिका ८ ठिल्लास्थित सडकमा म.प्र.०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।