बारामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु


eShilalekh

२८ बैशाख २०८२, आईतवार १८:११

सिमराः बारामा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका ३ स्वयम्भूका ३५ वर्षीय उमेश लामा रहेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका २३ स्थित सडकमा बा.प ०२–०३९ प १०८५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक लामा गम्भीर घाइते भएका थिए । उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्